मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले भने– अदालतको फैसला पढेपछि बोलौंला

प्रधानमन्त्री ओलीले भने– अदालतको फैसला पढेपछि बोलौंला

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले आज आइतबार गरेको फैसला स्वीकार गर्ने बताएका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले आज आइतबार गरेको फैसला स्वीकार गर्ने बताएका छन्।

आज सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादबारे परेको रिटमाथि फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

अपराह्न संसद् भवन बानेश्वर आएका प्रधानमन्त्री ओलीले त्यहाँबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका थिए।

अब एमाले र माओवादी केन्द्र नै ब्युँतिने हो त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले भने,, ‘अदालतको फैसलाको पाठ पढ्न बाँकी छ। अरु कुरा पढेपछि भनौंला।’

प्रकाशित: Mar 07, 2021| 11:24 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।