मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौसममा पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

मौसममा पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ। 

पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताइन्। उनका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। 

देशका पहाडी भूभागमा राति सामान्य बदली भई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानका साथै वाग्मती र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने बताइएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ३ डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस छ।
रासस

प्रकाशित: Mar 07, 2021| 11:10 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।