शुक्रबार, कात्तिक २८, २०८२

अनुप्रस्थ व्याण्डले ल्यायो ‘सम्झेर मलाई’

लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’ को नयाँ गीत ‘सम्झेर मलाई’ को टिजर सार्वजनिक भएको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं- लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’ को नयाँ गीत ‘सम्झेर मलाई’ को टिजर सार्वजनिक भएको छ।

National life

व्याण्डले यसको पूर्ण गीतलाई यसै शिवरात्रीको अवसर पारेर बिहीबार राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा सार्वजनिक गर्दैछ। गीत सार्वजनिकसँगै व्याण्डले आफ्नो प्रस्तुति पनि दिनेछ।

सन् २००८ मा ‘स्प्राइट व्याण्ड च्यालेञ्ज’को उपाधि जितेपछि यो व्याण्ड चर्चामा आएको हो। त्यसयता व्याण्डले विभिन्न गीतहरु संगीत पारखीलाई दिइसकेको छ।

व्याण्डको संस्थापकमा गायक तथा गीतारिष्ट निरन शाही र गितारिष्ट गोविन सुनुवार छन्। उनीहरुसँगै बाशिष्टमा लक्षण डंगोल, ड्रममा मञ्जिलराज श्रेष्ठ र मादलमा सुरेश डंगोल महर्जन छन्।

यो गीतको भिडियोमा व्याण्डले पहिलोपटक टुडी एनिमेसनको प्रयोग गरेको छ। भिडियो निफ्टी कन्सेप्ट स्टुडियोले निर्माण गरेको हो। भिडियोमा भावना बराइली फिचर्ड छिन्।

Laxmi sunrise bank
kumari

व्याण्डले आफ्नो युट्युब च्यानल अनुप्रस्थ व्याण्ड अफिसियलबाट भिडियो रिलिज गर्दैछ। भिडियो अनुप्रस्थको डिजिटल सामाग्रीको उत्पादन तथा बजार व्यवस्थापन गरेको पीभीई नेटवर्कले भिडियो सार्वजनिक कार्यक्रमको व्यवस्थापन गर्दैछ।

 

प्रकाशित: Mar 07, 2021| 10:48 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्