आइतबार, असार २८, २०८३

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सेनाका साउदलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दमौली । तनहुँको व्यास नगरपालिकाद्वारा शनिबार आयोजित व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका प्युठ ३२ वर्षीय नवराज साउदले जितेका छन् । एक सय ५९ जना धावकलाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् । 

चवालिस किलोमिटरको दूरी ३ घण्टा १३ मिनेट ५३ सेकेण्डमा पार गर्दै साउदले उपाधिमाथि कब्जा जमाएका हुन् । त्रिभुवन आर्मी क्लब काठमाडौँमा प्युठमा कार्यरत साउदले समयलाई ख्याल गरी दौडदा आफू प्रथम हुन सफल भएको बताए । 

यसअघि साउदले पोखरामा भएको ४२ किलोमिटर सफल म्याराथनमा प्रथम भई ६० हजार र हेटाँैडामा खुल्ला म्याराथनमा द्वितीय भई २५ हजार रुपैयाँ पुरस्कार जितेका थिए । त्रिभुवन आर्मी क्लबमा अम पदमा कार्यरत ३३ वर्षीय राजन खत्री ३ घण्टा १७ मिनेटमा दूरी पार गर्दै द्वितीय भएका छन् । 

रुकुम घर भएका शिक्षक २९ वर्षीय दुर्गा बुढा मगर ३ घण्टा १९ मिनेट ३१ सेकेण्डमा दूरी पार गर्दै तृतीय भएका छन । प्रथम, द्वितीय र तृतीय भएका धावकलाई क्रमशः ७५ हजार ७५, ५५ हजार ७५ र ३५ हजार ७५ रुपैयाँ प्रदेश नं. ४ का सांसद डोबाटे विक., सरिता गुरुङ र व्यास नपाका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रूपमा वितरण गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।