मंगलबार, भदौ १६, २०८३

अदालतको फैसला अपेक्षा गरेभन्दा फरक : दाहाल

दाहालले भने, 'यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला अनपेक्षित रहेको प्रतिक्रिया दिएका छन्।

संघीय संसद सचिवालय अगाडि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै दाहालले नेकपाबारे सर्वोच्चले गरेको फैसला आफूले अपेक्षा गरेभन्दा फरक आएको बताएका हुन्।

यद्यपि, फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको उनले बताए।

भने, ‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्ने बेला भएको छैन। यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’

नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार फैसला भएको हो ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।

प्रकाशित: Mar 07, 2021| 10:00 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।