मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा ऋषि कट्टेलको हुने सर्वोच्चको फैसला, ओली-दाहालको नेकपा खारेज

नेकपा ऋषि कट्टेलको हुने सर्वोच्चको फैसला, ओली-दाहालको नेकपा खारेज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाएका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा नयाँ पार्टी दर्ता गरिएकाे थियो।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाएका छन्।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा नयाँ पार्टी दर्ता भएको थियो।

आफ्नो पार्टीको नाम राखिएको भन्दै कट्टेल अदालत गएका थिए। आज सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले ऋषि कट्टेलकै नेकपालाई सदर गरिदएको हो।

योसँगै एमाले र माओवादीबीच एकीकरण भएर दर्ता भएको नेकपा खारेज भएको छ। 

नेकपाबीच पार्टीको आधिकारिकताका विषयमा विषयमा निर्वाचन आयोगमा मुद्दा चलिरहेका बेला अदालतको यस्तो फैसला आएको हो।

प्रकाशित: Mar 07, 2021| 09:18 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।