आइतबार, असार २८, २०८३

अरूण तेस्रो प्रदेश १ को समृद्धि आधार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
संखुवासभा । विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत नौ सय मेगावाट क्षमता रहेको अरूण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना हो । 

अरूण तेस्रो सञ्चालनमा आए प्रदेश नं १ को समृद्धि हुने देखिन्छ भने देशले समेत विद्युतीय क्षमतामा फड्को मार्ने धेरैले आँकलन गर्ने गरेका छन् । हालसम्म भएको विद्युत उत्पादनबाट अपुग भई अहिले भोग्नु परेको विद्युत्भार कटौतीको समस्या अरूण तेस्रोले समाधान गर्ने सम्भावना देखिएको छ ।

यसअघि नै प्रभावित क्षेत्रका सर्वसाधारणले आयोजनाले उपभोग गर्ने जमिनको मुआब्जा उपलब्ध गराएसँगै उनीहरूको जीवनशैली फेरिएको छ । मुआब्जा पाएकाहरूले स्वरोजगारका लागि व्यावसायिक कार्यको थालनी गरेका छन् भने उनीहरू आर्थिकरूपमा समृद्ध भएको पाइन्छ ।

आयोजनाको सम्झौताअनुसार २५ वर्षे आयोजना सञ्चालन करार अवधिमा नेपालले २१ दशमलव ९ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । उक्त अवधिमा नेपालले पाउने निःशुल्क ऊर्जाको मूल्य करीब एक सय ५५ अर्ब हुने अनुमान छ । 

२५ वर्षमा नेपालले एक सय सात अर्ब राजश्व पाउनेछ भने कम्पनीले व्यावसायिक उत्पादन शुरु भएपछि १० वर्षसम्म शतप्रतिशत नै आयकर छुट पाउनेछ । त्यसपछिको थप पाँच वर्ष नेपाल सरकारले ५० प्रतिशत आयकर छुट दिनुपर्नेछ । यसले गर्दा आर्थिकरूपमा मुलुकलाई आयोजनाको प्रत्यक्ष सहयोग देखिन्छ भने प्रभावित क्षेत्रमा निगमले उपलब्ध गराउने निःशुल्क विद्युत्बाट राम्रो लाभ लिन सकिनेछ ।

लामो समयदेखि अल्झिएको राष्ट्रिय गौरवको परियोजना अरूण तेस्रो जलविद्युत् आयोजनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत काठमाडौँबाटै शुक्रबार शिलान्यास गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।