काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले संसदीय दलको नेता परिवर्तनबारे संसद् सचिवालयलाई जानकारी गराएको छ।
दाहाल–नेपाल समूहले बुझाएको जानकारीबारे कानुनी सल्लाह लिएर अगाडि बढ्ने ससद् सचिवालयका महासचिव भरतराज गाैतमले जानकारी दिएका छन्। दाहाल–नेपाल समूहकाे जानकारी पत्र संसद् सचिवालयमा दर्ता भने भएकाे छैन। महासचिवले अहिले नै नगर्ने अडान राखेकाे बताइएकाे छ।
उक्त समूहले शुक्रबार अस्ति शुक्रबार पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको थियो।
आज पनि दाहाल–नेपाल समूहको संसदीय दलको बैठक बसेको थियो। बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजानेबारे भने कुनै निर्णय नगरेको बताइएको छ।