काठमाडौं – जारी काठमाडौं मेयर कपअन्तर्गत त्रिवि मैदानमा भइरहेको खेलमा सशस्त्र प्रहरीको विभागीय टिमले २५९ रनको लक्ष्य पाएको छ।
टस जितेर ब्याटिङ रोजको पुलिसले पूरा ओभर खेल्दै सात विकेट गुमाएर २५८ रन बनाएको छ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले १४० रनको शतकीय पारी खेले। उनले १३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए। साथै सुनिल धमलाले ३३, पवन सर्राफले ३५ र अनिल शाहले १८ रन जोडे।
बलिङतर्फ एपीएफका कप्तान शरद भेषावकरले तीन विकेट गिराए।
अभिनाष बोहराले दुई र अमर रौटेलाले समान एक विकेट लिए।