काठमाडौं– कञ्चनपुरको महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगायत २२ जना पक्राउ परेका छन्।
लोकसेवा आयोग दिपायल केन्द्रबाट सञ्चालन भएको प्रहरी जवान (खुला तथा समावेशी) जनपदको लिखित परीक्षामा नागरिकताको प्रमाण पत्र र प्रवेशपत्रमा समेत फोटो परिवर्तन गरी हस्ताक्षरसमेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो।
यस्तै विभिन्न परीक्षा केन्द्रबाट नेपाल प्रहरीको जनपदतर्फको प्रहरी जवानको लिखित परीक्षामा अर्काका नाममा दिने चार जना पक्राउ परेका छन्। विभिन्न परीक्षा केन्द्रमा अर्काको नाममा नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो।