मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुईवटा नेकपा चिन्दैनौं, सबै सांसद एउटै लहरमा बस्नुहुन्छ : संसद् सचिवालय

दुईवटा नेकपा चिन्दैनौं, सबै सांसद एउटै लहरमा बस्नुहुन्छ : संसद् सचिवालय

संघीय संसद् सचिवालयले आजबाट सुरु हुने प्रतिनिधिसभाको सातौं अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– संघीय संसद् सचिवालयले आजबाट सुरु हुने प्रतिनिधिसभाको सातौं अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 
आज अपरान्ह ४ बजे सुरु हुने अधिवेशनका लागि सिट व्यवस्थापनलगायत सबै तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार नेकपाका सबै सांसदका लागि एउटै लहरमा सिट व्यवस्थापन गरिएको छ।

गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा नेकपा विभाजित भएको छ। दाहाल–नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिइसकेका छन्। तर, संसद् सचिवालयले दुईवटा नेकपालाई नचिन्ने बताएको छ।

त्यसैले दाहाल–नेपाल समूहका सांसद पनि सत्ता पक्षकै लहरमा बस्नु पर्नेछ। ‘निर्वाचन आयोगले अहिलेसम्म नेकपा विभाजनको जानकारी गराएको छैन। हामीले नेकपा एउटै छ भन्ने बुझ्ने हो,’ सचिव पाण्डले भने।

संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले यसमा फेरबदलन गर्न सक्छ। अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छैन।
 

प्रकाशित: Mar 07, 2021| 07:00 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।