मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : बढ्दै छन् आगलागीका घटना, छैनन् पर्याप्त दमकल

सुदूरपश्चिम : बढ्दै छन् आगलागीका घटना, छैनन् पर्याप्त दमकल

सुदूरपश्चिममा बर्सेनि आगलागीका घटनामा वृद्धि भए पनि यसकाे नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी योजना त छैन नै दमकल पनि पर्याप्त छैनन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

सुदूरपश्चिममा बर्सेनि आगलागीका घटनामा वृद्धि भए पनि यसकाे नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी योजना त छैन नै दमकल पनि पर्याप्त छैनन्।

धनगढी – सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको आठ महिनामा ११२ आगलागीका घटना भएका छन्।

सो घटनामा आठजनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन्।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार यो अवधिमा आगलागीका कारण १२२ जना प्रभावित भएका छन्। 

आगलागीले १६ घर पूर्णरूपमा क्षति र २९ घरमा आंशिक क्षति पुगेको छ। 

त्यस्तै ६ करोड ९ लाख १६ हजार रूपैया मूल्य बराबरको क्षति भएको केन्द्रले जनाएको छ। 

गत आर्थिक वर्ष २०७६/७७ मा आगलागीका ९९ घटना भए। जसमा ६ जनाको मृत्यु भयो भने १४ जना घाइते भए।

सुदूरपश्चिममा बर्सेनि आगलागीका घटनामा वृद्धि भइरहेको छ। तर, आगलागी नियन्त्रणका लागि प्रभावकारी योजना र तयारी भने छैन। न त दमकल नै पर्याप्त छन्। 

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीसँग दुईवटा मात्र दमकल छन्। अन्य ८७ वटा स्थानीय तहमध्ये कसैसँग पनि दुईवटा दमकल छैनन्। अझ धेरै स्थानीय तहसँग त दमकल नै छैन।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् महाशाखाका अनुसार प्रदेशभर हालसम्म १८ वटा मात्रै दमकल छन्।

प्रदेशमा सबैभन्दा बढी दमकल कैलाली जिल्लामा छन्। 

कैलालीमा ६ वटा दमकल रहेका छन्। 

१३ वटा स्थानीय तह रहेको कैलालीको धनगढी उपमहानगरपालिकामा दुई, गोदावरी, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिकासँग एक–एक वटा दमकल छन्। अन्य स्थानीय तहमा दमकल छैन।  

कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफाँटा, दोधारा–चाँदनी र पुनर्वास नगरपालिकामा एक/एक वटा दमकल छन्। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार डडेल्धुरा र बैतडी जिल्लामा दुई÷दुई वटा दमकल छन्।

डोटी, दार्चुला, बझाङ र अछाम जिल्लामा एक/एक वटा मात्रै दमकल छन्। 

बाजुरा भने अहिलेसम्म एउटा पनि दमकल उपलब्ध छैन।

धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले धनगढी र छिमेकी स्थानीय तहमा आगलागी भए यहीँबाट दमकल परिचालन गरिरहेको बताइन्। 

‘कहिलेकाँही एकैपटक दुई–तीन ठाउँमा आगलागी भए दमकलले भ्याउन सक्दैन,’ उनले भनिन्, ‘धनगढीमा पनि कुनै क्षेत्रमा आगलागीका घटना भए छिमेकी स्थानीय तहको सहयोग माग्नुपर्ने अवस्था छ।’

प्रकाशित: Mar 07, 2021| 06:59 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।