काठमाडौं– कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ।
पहिलो चरणमा आइतबार टर्किस एयरलाइन्सको विमानमार्फत बिहान ११ खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
अहिले आएको खेप पनि कोभिसिल्ड नै हो । जुन खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो। भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो।