मंगलबार, भदौ १६, २०८३

दाहाल–नेपाल पक्षीय नेताहरू सभामुखसँग छलफलमा

प्रतिनिधिसभाको बैठक बस्नुअघि राजनीतिक दलहरू आन्तरिक रुपमा परामर्श गरिरहेका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– प्रतिनिधिसभाको बैठक बस्नुअघि राजनीतिक दलहरू आन्तरिक रुपमा परामर्श गरिरहेका छन्।

अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेताहरू आन्तरिक छलफल गरिरहेका छन्।
नेकपाको दाहाल–नेपाल पक्षले भने सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरिरहेको छ। 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा नेताहरु छलफलमा रहेको एक नेताले जानकारी दिए।

उनका अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रमुख सचेतक देव गुरुङ र नेता कृष्णभक्त पोखरेलले सभामुखसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा विघटन गरेको संसद् सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरिसकेको छ।

सर्वोच्चको परमादेशले १३ दिनभित्रमा प्रतिनिधिसभाको बैठक आह्वान गर्न भनिएको थियो। सोहीअनुसार आज प्रतिनिधिसभाको बैठक बस्न लागेको हो।

दाहाल–नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताए पनि औपचारिक निर्णय भइसकेको छैन। कांग्रेस र जसपाले ठोस निर्णय गरी नसकेका कारणले पनि दाहाल नेपाल पक्षले पनि के गर्ने भन्ने तय गरिसकेको छैन।

प्रकाशित: Mar 07, 2021| 05:57 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।