मंगलबार, भदौ १६, २०८३

प्रधानमन्त्रीसहित मन्त्रीहरूले लगाए कोरोनाको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। 
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। 

पत्नी राधिका शाक्यसहित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्रीले खोप लगाएका हुन्। 

प्रधानमन्त्रीले खोप लगाएसँगै आजदेखि दोस्रो चरणअन्तर्गतको खोप अभियान औपचारिकरूपमा सुरु भएको छ। 

प्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि खोप लगाएका छन्।

यस्तै गृहमन्त्री रामबहादुर थापाले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले बलम्बुस्थित एपीएफ अस्पतालमा गएर खोप लगाएका हुन्।

प्रकाशित: Mar 07, 2021| 05:31 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।