मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालतले नेकपा नामको विवादबारे आज फैसला सुनाउने

सर्वोच्च अदालतले नेकपा नामको विवादबारे आज फैसला सुनाउने

सर्वोच्च अदालतले नेकपाको नाम विवादबारे अदालतमा विचाराधीन रहेको मुद्दाको आज फैसला सुनाउँदै छ। 
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं - सर्वोच्च अदालतले नेकपाको नाम विवादबारे अदालतमा विचाराधीन रहेको मुद्दाको आज फैसला सुनाउँदै छ। 

यसअघि फागुन २० गते नै फैसला सुनाउने दिन तोकिएको भए पनि त्यसदिन अदालत बिदा भएका कारणले सरेको थियो। 

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले दुवैतर्फको बहस सकेर मुद्दा निसुमा राखेका थिए। 

ऋषि कट्टेलले आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरूलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

कानुनीरूपमा विभाजित भई नसकेको सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला फैसला आउन लागेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभाको विघटन गरेपछि सर्वोच्चले उनको निर्णय बदर गर्दै फागुन ११ मा संसद पुनःस्थापना गरिसकेको छ। 

१३ दिनभित्र अधिवेशन बोलाउन दिएको परमादेशअन्तर्गत आजबाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन पनि सुरु हुँदैछ। 

निर्वाचन आयोगले नेकपाको विवादका बारेमा निर्णय नदिइसकेका बेला सर्वोच्च अदालतबाट आउन लागेको नेकपाको नाम विवादको फैसलालाई चासोका साथ हेरिएको छ। 

कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित: Mar 07, 2021| 04:00 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।