मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्युजिल्यान्डले जित्यो अष्ट्रेलियाविरुद्ध टी-२० सिरिज

न्युजिल्यान्डले जित्यो अष्ट्रेलियाविरुद्ध टी-२० सिरिज

पाँच खेलको अष्ट्रेलिया-न्युजिल्यान्ड टी-२० सिरिजमा आयोजक न्युजिल्यान्डले आज आइतबार सम्पन्न खेलमा ३–२ को जित निकालेको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं – पाँच खेलको अष्ट्रेलिया-न्युजिल्यान्ड टी-२० सिरिजमा आयोजक न्युजिल्यान्डले आज आइतबार सम्पन्न खेलमा ३–२ को जित निकालेको छ।

पहिलो दुई खेलमा जित निकालेको न्युजिल्यान्डले पछिल्ला दुई खेलमा पाहुना टिम अष्ट्रेलियासँग हार बेहोरेको थियो।

पाँच खेलको सिरिजमा चार खेल सकिँदा दुवै टिम २–२ जितको बराबरी अवस्थामा थिए। यसकारण प्रतिस्पर्धात्मक बनेको अन्तिम खेलमा घरेलु टिम न्युजिल्यान्डले २७ बल बाँकी रहँदै ७ विकेटको जित निकालेको हो।

जितका लागि मार्टिन प्लेयर अफ दी म्याचसमेत बनेका मार्टिन गुप्तिलले ७१ रनको योगदान गरे। त्यस्तै डेवोन कन्वेले ३६ र ग्लेन फिलिप्सले ३४ रन जोडे।

यससँगै न्युजिल्यान्डले १४३ रनको मध्यम लक्ष्य १५ ओभर तीन बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो।

अष्ट्रेलियाका लागि रिले मेरेडेथले दुई विकेट गिराए भने झि रिकार्डसनले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ राजेको अष्ट्रेलियाका माथ्थिउ वाडेले ४४, आरोन फिन्चले ३६ र मार्कस स्टोइनले २६ रन बनाएका थिए।

अष्ट्रेलियालाई १४२ रनमा सीमित गर्नका लगि न्युजिल्यान्डका इश सोधिले तीन विकेट गिराए। त्यस्तै टिम साउथी र ट्रेन्ट बोल्टले समान २,२ विकेट गिराए।

प्रकाशित: Mar 07, 2021| 03:26 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।