आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यार्सागुम्बा संकलन शुरु, तीन महिनाका लागि स्कूल बन्द

यार्सागुम्बा संकलन शुरु, तीन महिनाका लागि स्कूल बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बझाङ - सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै विद्यालय बन्द भएका छन्।

यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए।उनले भने “यो हाम्रो यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ किनकी यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको तीन महिनाको यार्सागुम्बा संकलन मात्र हो ।
 
यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । उक्त लगाइएको रोक आइतबारदेखि खुला भएपछि यहाँका स्थानीय बासिन्दा फेरि पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन् । 

यस क्षेत्रमा यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन् । यहाँका ग्रामीण बस्तीका स्थानीयकै आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो । विगतका दिनभन्दा अहिले केही कम मात्रामा यार्सागुम्बा पाइने भएपछि यहाँका स्थानीय चिन्तित भएका छन् । 

स्थानीय रमेश बोहराले भन्नुभयो विगतका दिनमा एक सिजनको एकै परिवारले तीन महिनाको अवधिमा न्यूनतम एक केजीदेखि दुई÷तीन केजीसम्म संकलन गर्दै आएका थियाँै र सोही यार्साकै कमाइबाट सदरमुकाम चैनपुरमा पनि घरघडेरी बनाएका थियोेैँ । अब दिनानुदिन के भो यार्साको मात्रा एकदमै कम पाइने भएपछि विगतका यार्सागुम्बा संकलन गरेका दिन एक सपनाजस्तै भएका छन् । यस क्षेत्रका हामी सबै स्थानीयको मुख्य आम्दानीको स्रोत भनेको यार्सागुम्बा, जडीबुटी र भेडापालन हो । 

विगतका दिनमा यार्सागुम्बा प्रशस्त मात्रामा पाइने भएपछि भेडापालन व्यवसायी हटाएर एकै जडीबुटी यार्सागुम्बाको भरमा बसेको तर अहिले एकदमै कम मात्रामा र यसको बिक्री मूल्य पनि पहिलेको भन्दा कम पाइने भएपछि यार्सागुम्बाकै भरमा जीविका चलाउने बासिन्दा साहै्र मारमा परेका साइपाल गाउँपालिकाका स्थानीयवासी रामबहादुर बोहराले बताए। 

यार्सागुम्बाको पहिलेपहिले सही उत्खनन गर्ने तरिका नअपनाएर र यार्सागुम्बा संकलकले जथाभावी, वनमा आगजनी गरेकै कारणले यो बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनमा कमी आएको जानकार बताउँछन् । 

यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट संकलन गर्न जाने गर्दैछन् र यो यार्सागुम्बा संकलन समयभित्र सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन् । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।