मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज, कार्यसूचीमा ७ अध्यादेश र १४ शोक प्रस्ताव

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज, कार्यसूचीमा ७ अध्यादेश र १४ शोक प्रस्ताव

सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आज आइतबार अपरान्ह ४ बजे बस्दैछ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं- सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आज आइतबार अपरान्ह ४ बजे बस्दैछ। प्रतिनिधिसभाको यो सातौं अधिवेशन हो। 

नेकपा विवाद उत्कर्षमा पुगेका बेला सुरु हुन लागेको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। अधिवेशन सुरु हुनुअघि नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेतक घोषणा गरिसकेका छन्।

नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए।

संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। 

जसअनुसार यसअघिका अधिवेशनजस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिनेछ। त्यसैगरी मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले सुनाउनेछन्।

बैठकमा सात वटा अध्यादेश पनि प्रस्तुत गर्ने कार्यसूची छ। पहिलो बैठकमा पेश गर्ने शोक प्रस्ताव नै १४ वटा छन्। 

यो कार्यसूचीलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम रुप दिनेछ। 

प्रकाशित: Mar 07, 2021| 01:53 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।