शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एम्बाप्पेले दोहोरो गोल गर्दा पीएसजी फ्रान्स कपको अन्तिम १६ मा

एम्बाप्पेले दोहोरो गोल गर्दा पीएसजी फ्रान्स कपको अन्तिम १६ मा

फरवार्ड केलियन एम्बाप्पेले दोहोरो गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स कपको शनिबार राति सम्पन्न खेलमा जित निकालेको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं – फरवार्ड केलियन एम्बाप्पेले दोहोरो गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स कपको शनिबार राति सम्पन्न खेलमा जित निकालेको छ।

ब्रिस्टविरुद्धको खेलको नवौँ मिनेटमा गोल गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको समय सकिनुभन्दा एक मिनेटअघि पावलो सरावियाले गोल गरेपछि पहिलो हाफमै पीएसजीले २–० गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा पनि पीएसजीले एक गोल थप गर्दै सहज जितको अवस्थामा पुग्यो। खेलको ७३ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेर टिमको अग्रतालाई ३–० गोलमा पुर्‍याएका थिए।

यो जितसँगै पीएसजी फ्रान्स कपको अन्तिम १६ मा प्रवेश गरेको छ। यता  पराजित ब्रिस्ट भने प्रतियोगिताबाट बाहिरिएको।

पीएसजीले आउँदो मार्च ११ मा च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित: Mar 07, 2021| 01:52 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।