मंगलबार, भदौ १६, २०८३

शीर्षस्थानको एथ्लेटिकोलाई दबाब बढाउँदै बार्सिलोना

ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाका लागि १८ वर्षे खेलाडी इलेक्स मोरिबाले पहिलोपटक गोल गरेका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं - ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाका लागि १८ वर्षे खेलाडी इलेक्स मोरिबाले पहिलोपटक गोल गरेका छन्।

लगातार सफलता पाइरहेको बार्सिलोनाले ओसासुनाविरुद्धको खेलमा जित निकाल्ने क्रममा घरेलु टिमविरुद्ध २–० गोलको जित निकाल्दा मोरिबले एक गोल गरे।

तर त्यसअघि नै खेलको ३० औं मिनेटमा गोल गर्दै जोर्डी अल्वाले बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनलाई गोलका लागि कप्तान लियोनेल मेस्सीले पास उपलब्ध गराए।

यता गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले ओसासुनाका किके बर्जा र रुबिन गर्सियाको प्रहार रोकेपछि बार्सिलोना पहिलो हाफमा १–० गोलले अघि रह्यो।

पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनालाई दोहोरो अग्रता बनाउन मेस्सीकै पासमा मोरिबले ८३ औं मिनेमा गोल गरेका थिए।

यससँगै उसले शीर्षस्थानको एथ्लेटिको मड्रिडसँगै अंकदूरी २ अंंकमाा छोट्याएको छ।

यो जितले बार्सिलोनाको आउँदो आइतबार हुने बोर्डको चुनावमा पनि सुखद माहोल बनाएको छ। 

बार्सिलोनाको अध्यक्षका लागि तीनजना जो लापोर्ता, भिक्टर फन्ट र टोनी फ्रेक्जाको उम्मेदवारी रहेको छ।

यता हप्ता दिनअघि मात्र बार्सिलोनामा छापा मारेर क्याटलान पुलिसले उसका पूर्वअध्यक्ष जोसेम मरिया बर्टोमेउसहित अन्य तीन पदाधिकारीलाई हिरासतमा लिएको थियो।

ला लिगाअन्तर्गत आजको खेलमा एथ्लेटिको मड्रिड र रियल मड्रिड खेल्दैछन्।

प्रकाशित: Mar 07, 2021| 01:39 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।