आइतबार, असार २८, २०८३

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको पुनरागमन जित

बुन्डेसलिगाको डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिकले अर्को बलियो टिम बोरुसिया डर्टमन्डविरुद्ध पुनरागमन जित निकालेको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं - बुन्डेसलिगाको डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिकले अर्को बलियो टिम बोरुसिया डर्टमन्डविरुद्ध पुनरागमन जित निकालेको छ।

बायर्नको मैदानमा शनिबार राति सम्पन्न खेलमा घरेलु टिमले डर्टमन्डविरुद्ध ४–२ गोलको जित निकालेको हो।

बार्यनको जितका लागि राेबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे। खेलको २६ औं मिनेटमा पहिलो र ४४ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेवान्डोस्कीले पहिलो हाफमै दुई गोल गरे।

त्यसअघि नै खेलको दोस्रो र नवौं मिनेटमा गोल गर्दै इर्लिङ ब्रउट हाल्यान्डले पाहुना टिमलाई दुई गोलको अग्रता दिलाएका थिए। तर, लेवान्डोस्कीको गोलपछि पहिलो हाफमा दुवै टोलीको २–२ गोल भयो।

बराबरीबाट निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफको अन्तिम समयमा मात्र बायर्नले गोल फर्काउन सक्यो।

निर्धारित समयको दुई मिनेट अघि लियोन गोरेट्जाले गोल गर्दै बार्यनलाई अग्रता दिलाए।

त्यस्तै अन्तिम मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्यनले ४–२ गोलको जित निकालेको हो।

जितसँगै बार्यन बुन्डेसलिगाको शीर्षस्थानमा दुई अंकले अघि छ। 

दोस्रोस्थानको लाइप्जिकले समान २४ खेलबाट ५३ अंक बनाएको छ।

पराजित डर्टमन्डले भने तालिकाको छैटौं स्थानमा छ।

प्रकाशित: Mar 07, 2021| 00:56 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।