शनिबार, असार २७, २०८३

बी डिभिजन लिगमा बोइज युनियन र भगवतीको जित

सहिद स्मारक बी डिभिजन लिगको आज (शनिबार) सम्पन्न पहिलो खेलमा बोइज युनियन क्लबले टुसाल युथ क्लबविरुद्ध १–० गोलको साँघुरो जित निकालेको छ।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगको आज (शनिबार) सम्पन्न पहिलो खेलमा बोइज युनियन क्लबले टुसाल युथ क्लबविरुद्ध १–० गोलको साँघुरो जित निकालेको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बोइजको जितमा मिलन लिम्बूले निर्णायक गोल गरे। यससँगै बोइज युनियनल क्लब १० खेलबाट पाँच जितका साथ चौथो स्थानमा उक्लिएको छ।

पराजित टुसाल दुई जित र तीन बराबरीका साथ ९ अंक बनाएर नवौं स्थानमा छ।

यता अर्को खेलमा खुमलटार युथ क्लब भगवती क्लबसँग २–१ गोलले पराजित भएको छ। लिगमा दुई हार बेहोरेको खुमलटार यो हारसँगै उपाधि यात्राबाट पनि बाहिरिएको छ।

एन्फा कम्प्लेक्समै सम्पन्न खेलमा गभवतीको जितका लागि एक गोलले पछि परेको अवस्थानमा डोन लामा र आशिष श्रेष्ठले गोल गरे। 

खेलको २६ औं मिनेटमा खुमलटारका सविन केसीले गोल गर्दै अग्रता बनाए पनि भगवतीले पुनरागमन जित निकालेको हो।
आजको हारपछि खुमलटारले दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। अहिलेको अंकतालिकामा खुलमटार दोस्रो र बाँसबारी तेस्रोस्थानमा छ।

आजको खेलमा जित निकालेको भगवती १२ अंकका सातौं स्थानमा छ।

प्रकाशित: Mar 06, 2021| 14:15 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।