आइतबार, चैत १, २०८२

मेयर कपमा आर्मीविरुद्ध एपीएफको सुरुवाती जित

आज सुरु भएको काठमाडौं मेयर कपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले जित निकालेको छ।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं- आज सुरु भएको काठमाडौं मेयर कपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले जित निकालेको छ।

National life

कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा एपीएफले दुई बल बाँकी रहँदै एक विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पुरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर २३५ रन बनाएर २३६ को प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा एपीएफले ४९.४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

एपीएफको जितका लागि सुमित महर्जनले ६० रनको अर्धसतकीय पारी खेले भने बसन्त रेग्मी अर्धसतक बनाउनबाट एक रनले चुके त्यस्तै, अमर रौटेलाले ३८, शंकर रानाले ३३ र असिफ शेखले १२ रन जोडे।

Laxmi sunrise bank
kumari

बलिङतर्फ आर्मीका विक्रम शोबले तीन विकेट गिराए भने करण केसीले दुई विकेट लिए। त्यसअघि ब्याटिङ गरेको आर्मीका रोहित पौडेलले ५६, विनोद भण्डारीले ४२ र लोकेश बलमे ३० रन जोडे।

एपीएफका अभिनास बोहराले तीन विकेट लिए भने भुवन कार्की र अमर रौटेलाले समान २,२ विकेट लिए।

गत महिना सम्पन्न प्रधानमन्त्री कपको फाइनल खेलमा एपीएफले आर्मीलाई हराउँदै उपाधि जितेको थियो।

अर्को खेलमा नेपाल पुलिस क्लबले बाग्मतिविरुद्ध २ रनको जित निकालेको छ।

यससँगै एपीएफ र पुलिसले लिगमा सुरुवाती जित निकाल्दै समान २–२ अंक जोडेका छन्।

प्रकाशित: Mar 06, 2021| 13:47 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।