शनिबार, असार २७, २०८३

सर्वाधिक पुरस्कार राशीको स्नुकर उपाधि रेगनलाई

अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि जितेका छन्।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं- अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठले प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि जितेका छन्।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा शनिबार सम्पन्न ‘बेस्ट अफ १५’ को फाइनलमा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सोम लामालाई ८–६ ले पराजित गरेर उपाधि जितेका हुन्।

रेगनले खेल ९१–३४,२६–९५, ३३–७३, ८०–४२, ६७–४२, २९–९३, ८०–२९, ७१–४५, २–१२१, ६३–३२, ९०–४२, २४–८९, ७–१३० र ८०–२९ ले जिते।

उपाधिसंगै रेगनले २ लाख ११ हजार ५ सय नगद पुरस्कार पाएका छन्। सोमले ९१ हजार ५ नगदमा चित्त बुझाए।
सेमिफाइनलमा पराजित एनआरटीका दीपक मगर र फस्ट ब्रेकका अमन कार्कीले जनही ३० हजार ५ सय नगद पुरस्कार हात पारे।

त्यस्तै क्वाटरफाइनलमा पराजितले जनही १० हजार ५ सय नगद पुरस्कार पाए भने प्रिक्वाटरफाइनलमा पराजितले गिफ्ट ह्याम्पर वापत क्यु एन्ड क्यु बक्स हात पारे।

प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाडी घोषित भए।

ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी बन्दा चारै जनाले समान ११ हजार ५ सय–११ हजार ५ सय नगद पुरस्कार हात पारे।

प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेककर्ता बने। सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा सेन्चुरी ब्रेक गर्नेलाई २ लाख १ हजार तथा १४७ ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार राखिएको थियो।
कुनै पनि खेलाडीले उक्त उपलब्धि हासिल गर्न सकेनन्। नेपाली स्नुकरको इतिहासमै यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो।

माघ २४ गतेदेखि सुरु प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी थिए। खेलाडी सहभागिताका आधारमा पनि यो प्रतियोगिता ठूलो हो।

प्रकाशित: Mar 06, 2021| 12:39 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।