मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्येष्ठ नागरिक खोप अभियान : ६५ वर्षमाथिका १७ लाख ९१ हजारलाई खोप दिने तयारी

ज्येष्ठ नागरिक खोप अभियान : ६५ वर्षमाथिका १७ लाख ९१ हजारलाई खोप दिने तयारी

सरकारले भोलि आइतबार सुरु हुने खोप अभियानमा १७ लाख ९१ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको छ।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं- सरकारले भोलि आइतबार सुरु हुने खोप अभियानमा १७ लाख ९१ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भोलि सुरु हुने खोप अभियानमा ढुक्क भएर खोप लगाउन सबै ज्येष्ठ नागरिकलाई आह्वान गरेका छन्। साथै स्थानीय तह तथा प्रदेश सरकारलाई खोप अभियानमा सहयोग गर्न उनले आग्रह गरेका छन्।

मन्त्रालयले गरेको प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्री त्रिपाठीले भने, ‘हामीले यो अभियानमा ५५ वर्षमाथिका व्यक्तिलाई खोप दिने तयारी गरेका थियौँ, तर अहिलेको खोप उपलब्धताको समस्याका कारण ६५ वर्षमाथिका नागरिकलाई यो चरणमा खोप दिन लागेका हौँ।’ उनले अगाडि थपे, 'अब यसको ११ औँ दिनपछि हामी पुनः ५५ वर्षमाथिका नागरिकलाई खोप कार्यक्रम सुरु गर्छौँ, त्यो चरणमा ३७ लाख नागरिकले खोप प्राप्त गर्नेछन्।’

साथै मन्त्री त्रिपाठीले कोभ्याक्स कार्यक्रमबाट प्राप्त हुने खोपमध्ये ३ लाख ४८ हजार डोज खोप भोलि बिहान नेपाल आइपुग्ने पनि बताए।

सरकारले यसअघि भारतबाट अनुदानमा पाएको अक्सफोर्ड एस्ट्राजेनेकाको उत्पादन कोभिशिल्ड खोप १० लाख डोजमध्ये यसअघि झण्डै ५ लाख डोज लगाइसकिएको छ। त्यस्तै भारतसँग सरकारले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज आइसककेको छ भने १० लाख डोज आउन बाँकी छ। यस्तै सरकारले केही दिनमा ५० लाख डोज खोप थप खरिदको तयारी गरिरहेको मन्त्री त्रिपाठीले जानकारी दिए।

साथै कोभ्याक्स कार्यक्रमले दिने १ करोड हाराहारी डोज खोप पनि विभिन्न चरणमा गरेर आउन लागेको उनले बताए। उनले नेपाल खोप कार्यक्रमका लागि दक्षिण एसियाकै दोस्रो देश भएको बताए।

उनका अनुसार यसअघि पहिलो चरणमा झण्डै ५ लाख मानिसलाई खोप लगाइएकोमा २१ सय जनामा सामान्य असर र १९ जनामा गम्भीर असर देखिए पनि कुनै दुर्घटना नभएको स्पष्ट पारे।

उनले सरकारले सबै नागरिकलाई नि:शुल्क खोप सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताए।

प्रकाशित: Mar 06, 2021| 10:52 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।