मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जबरजस्ती करणी मुद्दा लागेकालाई छुटाईदिन्छौँ भन्दै ठगी गर्ने पक्राउ

जबरजस्ती करणी मुद्दा लागेकालाई छुटाईदिन्छौँ भन्दै ठगी गर्ने पक्राउ

जबरजस्ती करणी मुद्दाका आरोपीलाई छुटाईदिन्छौँ भन्दै पैसा लिने दुई जना पोखरामा पक्राउ परेका छन्।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

कास्की- जबरजस्ती करणी मुद्दाका आरोपीलाई छुटाईदिन्छौँ भन्दै पैसा लिने दुई जना पोखरामा पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१७ राष्ट्रबैंक चोकस्थित एक खाजाघरबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ मालेपाटन ठेगाना भई सोही महानगरपालिका–८ बस्ने ५८ वर्षीय सुर्यलाल खड्का र पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने धादिङ गंगाजमुना गाउँपालिका–१ स्थायी घर भएका ३९ वर्षीय कमन भन्ने कमान बहादुर तामाङ छन्। 

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, १ करोड रकम दिए मिलाईदिन्छु नत्र १५ वर्ष जेल जान्छ भनी झुटो आश्वासन दिई १२ लाखको चेक र १ लाख १० हजार नगद लिई ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुको साथबाट कामना सेवा विकास बैंकको ६ लाख लेखिएको २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु र ४ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।

उनीहरुविरुद्ध जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत ७ दिन म्याद थप भई  अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

प्रकाशित: Mar 06, 2021| 10:20 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।