मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनामा घाइते भएका व्यक्तिलाई प्रदेश २ प्रमुखले पुर्‍याए अस्पताल

दुर्घटनामा घाइते भएका व्यक्तिलाई प्रदेश २ प्रमुखले पुर्‍याए अस्पताल

कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चुमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज) ले अस्पताल पुर्‍याएका छन्।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

सुर्खेत- कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चुमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज) ले अस्पताल पुर्‍याएका छन्।

छिन्चु सडकखण्डमा शनिबार अपरान्ह मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो। मिनिट्रकका चालक शेरबहादुर सिंह घाइते भएको प्रहरी जवान सुरेन्द्र रेग्मीले जानकारी दिएका छन्।

कर्णाली प्रदेश भ्रमणको क्रममा रहेका प्रदेश २ का प्रमुख अहिराजले दुर्घटनामा घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिक कलेज दशबिघामा भर्ना गराएका हुन्।

प्रदेश प्रमुख अहिराजले आफ्नै गाडीमा राखेर आफूले नै अस्पताल पुर्‍याएको प्रहरी जवान रेग्मीले बताए। उनका अनुसार घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमासमेत चोटपटक लागेको छ।

प्रदेश प्रमुख अहिराजले सबै प्रदेशका प्रमुखहरुसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम सुरु गरेका छन्। सोहीअन्तर्गत कलर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदान पश्चात् फर्किँदै थिए।

प्रकाशित: Mar 06, 2021| 10:01 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।