मंगलबार, भदौ १६, २०८३

प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन्।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौंमा सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए।

सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ।

सो अवसरमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ। रासस

प्रकाशित: Mar 06, 2021| 09:48 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।