मंगलबार, भदौ १६, २०८३

विराटनगरमा खुल्ला व्यायामशाला

विराटनगरमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालन गरिएको छ। 
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

विराटनगर – विराटनगरमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालन गरिएको छ। 

लायन्स क्लब अफ विराटनगर शुभमले विराटनगर-५ त्रिमूर्ति चोकमा स्थापना गरेको व्यायामशालाको  विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटन गरे।

लायन्स क्लबले विराटनगर महानगरपालिकासँगको सहकार्यमा सात लाख ५० हजारमा निर्माण गरिएको व्यायामशाला निःशुल्क रूपमा सञ्चालन हुने लायन्स क्लब अफ विराटनगर शुभम अध्यक्ष मोनिका शर्माले  बताइन्।

विराटनगरका चार स्थानमा महानगरले खुल्ला व्यायामशाला निर्माण गर्ने निर्णय गरेको प्रमुख पराजुलीले बताए।

उनले नियमित व्यायाम गर्नाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सकिने बताए। 

प्रकाशित: Mar 06, 2021| 04:31 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।