मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली पक्षीय संसदीय दलको बैठकमा वामदेव गौतम र तुलसा थापा सहभागी नहुने

ओली पक्षीय संसदीय दलको बैठकमा वामदेव गौतम र तुलसा थापा सहभागी नहुने

राष्ट्रियसभा सांसद वामदेव गौतम र प्रतिनिधिसभा सांसद उनकी पत्नी तुलसा थापा ओली समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने भएका छन्।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अबेर साँझ नेकपा उपाध्यक्ष एवम् पार्टी एकता अभियानका संयोजक वामदेव गौतमको निवास पुगे। 

गौतमको स्वास्थ्य अवस्था बुझ्न भन्दै ओली दलको उपनेता सुवास नेम्वाङ, मन्त्री र सल्लाहकारसहित गौतम निवास भैँसेपाटी पुगेका थिए। पारिवारिक भेटवार्ता भनिए पनि ओलीले गौतमसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरे।

ओलीले संसदीय दलको बैठकमा आउने निम्तो दिएर फर्किए।

ओलीले संसदीय दलको बैठकमा सहभागी हुन निम्तो दिए पनि राष्ट्रियसभाका सांसद वामदेव गौतम र प्रतिनिधिसभाका सांसद उनकी पत्नी तुलसा थापा भने ओली समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने भएका छन्।

उनीहरू दुवै यसअघि दाहाल-नेपाल पक्षले बोलाएको बैठकमा पनि सहभागी भएका छैनन्।

गौतम निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली आफैं आएर बैठकमा सहभागी हुन निम्तो दिए पनि गौतम र उनकी पत्नी सहभागी नहुने बताएका हुन्।

‘संसद् विघटन भएदेखि नै उहाँले पार्टी एकता अभियान चलाइरहनुभएको छ, उहाँ कुनै गुटमा नलाग्ने भनिसक्नुभएको छ,’ स्रोतले भन्यो, ‘त्यसैले उहाँहरू दुवैजना अहिले कुनै पक्षको बैठकमा सहभागी नहुनु भएको हो।’

आइतबार प्रतिनिधिसभाको बैठक बस्न लागेकाले त्यसअघि नै दुवै पक्षले आफ्नो पक्षमा सांसद्हरूको बहुमत पुर्‍याउन कसरत गरिरहका छन्। यसै सिलसिलामा ओलीले भैँसेपाटी पुगेर नेता गौतमलाई भेटेका हुन्।  

दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षको संसदीय दलको बैठक बस्दै छ।

नेकपाकै दाहाल-नेपाल पक्षले शुक्रबार प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई चयन गरेको छ।

* यसअघि तुलसा थापा हुनुपर्नेमा अन्यथा भएकोले स-खेद सच्याइएको छ।

प्रकाशित: Mar 06, 2021| 04:12 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।