मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोतीपुर शिलान्यास घटनाबारे दाहाल–नेपाल समूहको ध्यानाकर्षण

मोतीपुर शिलान्यास घटनाबारे दाहाल–नेपाल समूहको ध्यानाकर्षण

मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीयको विरोधबीच अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेको घटनाप्रति नेकपाको दाहाल–नेपाल समूहले ध्यानआर्कषण भएको जनाएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

बुटवल- मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीयको विरोधबीच अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेको घटनाप्रति नेकपाको दाहाल–नेपाल समूहले ध्यानआर्कषण भएको जनाएको छ।

नेकपा दाहाल–नेपाल समूह रुपन्देहीले शुक्रबार एक विज्ञप्ति जारी गरी प्रहरीको बल प्रयोग गरी स्थानीयमाथि ज्यादती गरिएको भन्दै ध्यानआर्कषण भएको जनाएको हो। 

दाहाल–नेपाल पक्ष रुपन्देहीका अध्यक्ष राजु गुरुङ र सचिव निर्मल जिसीद्वारा जारी विज्ञप्तिमा स्थानीयको माग सम्बोधन नगरी शिलान्यास गर्नुलाई सामन्तवादको झल्कोको संज्ञा दिएका छन्।

८१३ बिगा जमिनमध्ये २५० बिगा जमिनमा विगत ५५ वर्षदेखि ३ हजार घर परिवार बस्दै आएको उल्लेख गर्दै स्थानीयहरुको मागलाई सम्बोधन गर्नुपर्ने नेकपा दाहाल नेपाल रुपन्देहीले आग्रह गरेको छ।

विकास र समृद्धिको लागि करिडोर आवश्यक भएको उल्लेख गर्दै प्रर्दशनमा घाइते भएका स्थानीय। प्रहरीको स्वास्थ्यलाभको कामना गरिएको छ। 

प्रकाशित: Mar 05, 2021| 14:18 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।