शनिबार, असार २७, २०८३

सनिल र सुस्मिता फाइनलमा

ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं- ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार भएको पुरुष ६४ केजी तौल समूहमा सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन्। सुस्मिताले प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी थिइन्। 

पुरुष ६४ केजीमा प्लाटिनमका अस्विनदेव श्रेष्ठले काभ्रेका भरत चन्दलाई पराजित गर्दै उपाधि नजिक पुगे। उनले फाइनलमा सनिलसँग उपाधिका लागि खेल्नेछन्। 

महिला ४८ केजीमा आरडीएसकी रमिसा श्रेष्ठले बोसिगाउँकी माया क्षत्रीलाई पराजित गर्दै सुस्मितासँगको भेट पक्का गरिन्।
यसैगरी प्रतियोगिताअन्तर्गत अन्य विधाका सेमिफाइनल खेल सम्पन्न भएका छन्।

प्रतियोगिताको हरेक तौल समूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउनेछन्।
 

प्रकाशित: Mar 05, 2021| 13:45 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।