मंगलबार, भदौ १६, २०८३

नेपालमा लुटतन्त्र मच्चियो : राप्रपा अध्यक्ष थापा

राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र मच्चिएको आरोप लगाएका छन्। प्रजातन्त्र र परिवर्तनका नाममा पछिल्लो समय लुटतन्त्र मच्चाइएको उनको टिप्पणी छ। 
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

बुटवल- राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र मच्चिएको आरोप लगाएका छन्। प्रजातन्त्र र परिवर्तनका नाममा पछिल्लो समय लुटतन्त्र मच्चाइएको उनको टिप्पणी छ। 

मुलुकमा देशीविदेशी शक्तिहरुको चलखेलसमेत बढेको उनले बताए। राष्ट्रवादी कित्तामा उभिएर राजनीति गर्न कठिन र चुनौतीपूर्ण भएको अध्यक्ष थापाले बताए। 

शुक्रबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकार र विप्लव समूहबीचको सहमतिको स्वागत गरे। साथै थापाले आफूसँग रहेका हतियार बुझाएर हिंसा त्यागेको घोषणा गर्न विप्लव समूहलाई आग्रह गरे।

अध्यक्ष थापाले राष्ट्रियताको पक्षमा दलीय स्वार्थभन्दा माथि उठेर स्वतन्त्र रुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे। 
उनले नेपालका कतिपय मिडिया हाउसहरु व्यापारी, राजनीतिक दल र विदेशी शक्ति केन्द्रहरुको स्वार्थमा दुरुपयोग हुने गरेको स्वतन्त्र पत्रकारिता गर्नुपर्नेमा जोड दिए। 

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले देशी विदेशी शक्ति केन्द्र, दलीय र व्यापारिक स्वार्थभन्दा माथि उठेर कलम चलाउन अपिल गरे। 

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, राप्रपाकै अर्का नेता धवलशमशेर राणा, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत केसी, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

दुई दिनसम्म चल्ने भेलाले शनिबार बुटवल घोषणापत्र जारी गर्ने अध्यक्ष गोपाल पौडेलले जानकारी दिए।

प्रकाशित: Mar 05, 2021| 12:40 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।