मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मान गर्ने भएको छ। 
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

विराटनगर– १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मान गर्ने भएको छ। 

कोभिड १९ को महामारीमा अग्रपंक्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मान गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन्।

सामाजिक विकास मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले कोभिड अस्पताल, ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरिने बताइन्।

सामाजिक विकास मन्त्रालय र सामाजिक संघ/संस्थाहरुको आयोजनामा दिवस मनाइने उनले बताइन्। उनका अनुसार फागुन २४ गते विहान जिल्ला प्रशासन प्राङ्गणबाट बिहान ७ बजे सुरु हुने र्‍याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुनेछ।

साँझ विराटनगर ट्राफिक चोकमा दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले बताइन्। 

१११ औं अन्र्तराष्ट्रिय महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगार : समृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात् फागुन २४ गते मनाइदैछ।

प्रकाशित: Mar 05, 2021| 12:32 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।