मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब ओलीविरुद्ध अविश्वास प्रस्तावबाटै अघि बढ्छौं : दाहाल

अब ओलीविरुद्ध अविश्वास प्रस्तावबाटै अघि बढ्छौं : दाहाल

‘आउने दिन सहज बनाउन ओलीजीले तत्काल राजीनामा दिनुपर्छ’, दाहालले भने, ‘उहाँले संविधान र कानुनअनुसार राजीनामा दिनु भएन भने संसद्बाट नै समाधान खोज्छौं।’
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावको बाटोमा जान बाध्य पारेको भन्दै अब त्यही बाटोमा अघि बढ्ने बताएका छन्।

सिंहदरबारमा संसदीय दलको बैठक सकेर बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

‘आउने दिन सहज बनाउन ओलीजीले तत्काल राजीनामा दिनुपर्छ’, दाहालले भने, ‘उहाँले संविधान र कानुनअनुसार राजीनामा दिनु भएन भने संसद्बाट नै समाधान खोज्छौं।’

उनले अविश्वासको प्रस्तावको बाटोमा जान ओलीले बाध्य पारेको र अब त्यसैअनुसार अगाडि बढ्ने बताए।

सरकार बनाउने विषयमा सहकार्यमा भइरहेको भन्दै दाहालले एकदुई दिनमा टुंगो लाग्ने बताए।

जेष्ठ सदस्यको हिसाबले वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतमा बसेको संसदीय दलको बैठकले आफूलाई वैधानिक रुपमा नै दलको नेता चयन गरेको दाहालले बताए। उनले आजको बैठकमा ११५ जना सांसदको सहभागिता रहेको बताए।

प्रकाशित: Mar 05, 2021| 12:27 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।