मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छात्रवृत्ति कार्यक्रम तत्काल लागू गर्न शिक्षामन्त्रीको निर्देशन

छात्रवृत्ति कार्यक्रम तत्काल लागू गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले छात्रवृत्ति कार्यक्रम तत्काल लागू गर्न निर्देशन दिएका छन्।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले छात्रवृत्ति कार्यक्रम तत्काल लागू गर्न निर्देशन दिएका छन्।

शुक्रबार शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले छात्रवृत्ति कार्यक्रमलाई दोहोरो नहुने गरी कार्यान्वयन गर्न, आवश्यकताको आधारमा लक्षित एवम् तोकिएको वर्गलाई नै छात्रवृत्ति प्रदान गर्न केन्द्रलाई निर्देशन दिएका हुन्।

निर्देशन दिएसँगै केन्द्रले तत्काल छात्रवृत्तिको रकम उपलब्ध गराउने र जुन प्रयोजनका लागि छात्रवृत्ति उपलब्ध गराइएको हो सोही प्रयोजनमा उपयोग गरेनगरेको अध्ययन गर्ने भएको छ। केन्द्रले छात्रवृत्ति प्राप्त गरेको विद्यार्थीको पढाइ निरन्तरता भएनभएको सम्बन्धमा सम्बन्धित विद्यालय तथा शिक्षण संस्थाहरुलाई जिम्मेवार बनाउने गरी सम्बन्धित सबै विद्यालयहरुमा निर्देशन दिएको छ।

केन्द्रमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई लागू गर्ने विषयमा पनि छलफल भएको छ। यसको लागि यस वर्ष आवेदन माग गरेका विद्यालयहरुको विवरण एकीकृत गर्ने, दोहोरो नपर्ने गरी आवश्यकताका आधारमा प्राथमिकीकरण गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन निर्देशिका २०७६ को व्यवस्थाअनुसार उक्त स्रोतलाई बालविकास केन्द्रको सुधारमा उपयोग गर्ने, शिक्षणमा प्रविधिको प्रयोग गर्ने र सिर्जनात्मक खोजमा विद्यार्थीलाई परिचालन गर्ने पनि निर्णय गरेको छ।

विद्यालयमा हुने लैंगिक हिंसा न्यूनिकरण गर्ने, स्वयम सेवक शिक्षक परिचालन गर्ने, विद्यालय एकीकरण तथा समायोजन गर्ने, शिक्षक दरबन्दी मिलान गर्ने विषयमा छलफल गरिएको थियो।

प्रकाशित: Mar 05, 2021| 12:25 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।