मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् सचिवालयलाई भ्रममा नपर्न सचेतक भट्टराईको आग्रह

संसद् सचिवालयलाई भ्रममा नपर्न सचेतक भट्टराईको आग्रह

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएको भन्दै संसद् सचिवालयलाई लेखेको पत्रप्रति नेकपा संसदीय दलले आपत्ति जनाएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं- नेकपाको दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएको भन्दै संसद् सचिवालयलाई लेखेको पत्रप्रति नेकपा संसदीय दलले आपत्ति जनाएको छ।

ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो पत्र भ्रामक रहेको भन्दै त्यसको कुनै कानुनी आधार र औचित्य नरहेको जनाएका हुन्।

दाहाल–नेपाल समूहले संसद सचिवालयमा पुगेर ओलीलाई संसदीय दलको नेताबाट हटाइएको पत्र दर्ता गराएकाे थियो।

भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दलको विधान २०७५ बमोजिम चुनिएका संसदीय दलका नेता पार्टीका प्रथम अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली रहनुभएको छ। पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन।’

यस्तै निर्वाचन आयोगको माघ ११ को निर्णयअनुसार नेकपा पार्टीको बैठकको मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

भट्टराईले संघीय संसद्मा नेकपाबाट हुने प्रतिनिधित्व, आवश्यक निर्णय तथा आधिकारिकता दलको विधानबमोजिम संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्बाङ, मुख्य सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीबाट सञ्चालन भइरहेकाले कुनै भ्रममा नपर्न संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन्।
 

प्रकाशित: Mar 05, 2021| 11:56 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।