मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपाल समूहलाई प्रमुख निर्वाचन आयुक्तको जवाफ– आइतबारदेखि प्रक्रिया अघि बढाउँछौं

दाहाल-नेपाल समूहलाई प्रमुख निर्वाचन आयुक्तको जवाफ– आइतबारदेखि प्रक्रिया अघि बढाउँछौं

नेकपाको दाहाल–नेपाल समूहले नेकपाको विवाद अविलम्ब निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई पुनः पत्र बुझाएको छ। 
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले नेकपाको विवाद अविलम्ब निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई पुनः पत्र बुझाएको छ। 

आज नेताहरु लिलामणि पोखरेल, कृष्णभक्त पोखरेल, राजेन्द्र पाण्डे र रामनारायण बिडारी आयोग पुगेर पत्र बुझाएका हुन्। 

नेता पाण्डेले विवाद निरुपण तत्काल गर्न भन्दै आयोगलाई पत्र बुझाइएको जानकारी दिए।

‘हामीले पटक पटक ध्यानाकर्षण गराउँदा पनि किन प्रक्रिया अगाडि बढाइएन भनेर ताकेता पत्र बुझाएका हौं,’ उनले भने। जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी आइतबार आयोगको बैठक बस्न लागेको र त्यसपछि निर्णय हुने जानकारी दिएका नेता पाण्डेले जानकारी दिए। 

माघ ११ गते आयोगले नेकपाका दुवै समूहले बुझाएका विवरण अद्यावधिक गर्न नसकिने र नेकपा विभाजन हुन नसक्ने भन्दै निर्णय गरेको थियो। त्यसपछि दाहाल नेपाल समूहले माघ २० गते आधिकारिकता दाबी गर्दै पत्र बुझाएको थियो।

पत्र बुझाएको एक महिना भइसक्दासमेत आधिकारिकताको विवाद नटुंग्याएको भन्दै दाहाल नेपाल पक्ष असन्तुष्ट बनेको छ।

प्रकाशित: Mar 05, 2021| 11:48 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।