शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पेचिलो बन्दै प्रतिस्पर्धा : चौथो खेलमा अष्ट्रेलिया ५० रनले विजयी

पेचिलो बन्दै प्रतिस्पर्धा : चौथो खेलमा अष्ट्रेलिया ५० रनले विजयी

अष्ट्रेलिया-न्यूजिल्यान्डबीच जारी टी-२० तेस्ट सिरिजअन्तर्गतको चौथो खेलमा जित निकाल्दै पाहुना टिम अष्ट्रेलियाले २-२ को बराबरी गरेको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं- अष्ट्रेलिया-न्यूजिल्यान्डबीच जारी टी-२० तेस्ट सिरिजअन्तर्गतको चौथो खेलमा जित निकाल्दै पाहुना टिम अष्ट्रेलियाले २-२ को बराबरी गरेको छ।

वेस्टप्याक रंगशालामा आज(शुक्रबार) सम्पन्न खेलमा अष्ट्रेलियाले ५० रनको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। जवाफी ब्याटिङमा घरेलु टिम ७ बल बाँकी हुँदा १०६ रनमा अल आउट भएपछि खेल पाहुना टिमले जितेको हो.।

पहिलो इनिङमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले सर्वाधिक ७९ रन प्रहार गरे। मार्कस स्टोइनिस र ग्लेन म्यासवेलले क्रमशः १९ र १८ रन जोडे।

न्यूजिल्यान्डका इस सोधी र ट्रेन्ट बोल्टले क्रमशः तीन र दुई विकेट गिराए। 

न्यूजिल्यान्डलाई १५७ रनको लक्ष्य पुरा गर्न नदिन अष्ट्रेलियाका केन रिकार्डसनले तीन विकेट लिए भने अस्टन अगर, एडम जम्पा र ग्लेन म्याक्सवेलले समान २-२ विकेट गिराए।

अष्ट्रेलियाको कसिलो बलिङका बाबजुद केलिय ज्यामिसन, डेवोन कन्वेले ३० र १७ रन बनाए।

अब पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल मार्च सातमा हुनेछ। उक्त खेलको विजेताले सिरिज जित्नेछ।

प्रकाशित: Mar 05, 2021| 11:27 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।