आइतबार, असार २८, २०८३

काठमाडौं–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने

काठमाडौं महानगरपालिकाको प्रायोजनमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको मेयर कपअन्तर्गत सहभागी हुने काठमाडौं–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रायोजनमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको मेयर कपअन्तर्गत सहभागी हुने काठमाडौं–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्।

प्रतियोगितामा तीन विभागीय टिमसँगै ५ टिमको सहभागिता रहेको छ। यही फागुन २२ गतेबाट सुरु हुने प्रतियोगिताको सात खेल कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ भने बाँकी चार खेल मूलपानी मैदानमा।

प्रतियोगिताको पहिलो दिन त्रिवीको मैदानमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबको सामना गर्नेछ। त्यस्तै मूलपानी मैदानमा हुने खेलमा नेपाल पुलिस क्लबले बाग्मति प्रदेशको सामना गर्नेछ।

सिंगल राउन्ड रोविनबाट सञ्चालन हुने लिग चरणका खेल २७ गते सकिनेछन्। लिग चरणको शीर्ष दुईस्थानमा रहेका टिम सोझै फाइनलमा पुग्नेछन् भने बाँकी टिम बाहिरिनेछन्।

२८ गतेको ग्यापपछि फाइनल खेल त्रिवि मैदानमा २९ गते हुनेछ। पाकिस्तान सुपर लिग खेल्न गएका  लामिछाने सो लिग स्थगित भएपछि आज नेपाल फर्किनेछन्। उनले आज पीसीआर टेस्ट गरेर रिपोर्ट बुझाउने छन्। साथै अर्को दिन क्यानले गरेको कोरोना टेस्टमा पनि कोरोना नेगेटिभ आए उनले मेयर कप खेल्नेछन्।

काठमाडौं–११ टिम

सन्दीप लामिछाने (कप्तान), सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दीप रजाली, खड्ग बहादुर बोहरा, हरिशंकर शाह, विवेक यादव, कृष्ण कार्की, रविन्द्र जंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी र अनुज चुनारा
 

प्रकाशित: Mar 05, 2021| 08:15 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।