शुक्रबार, कात्तिक २८, २०८२

तापसी र अनुरागको कम्पनीबाट ६५० करोड अपचलनको आशंका 

बलिउड अभिनेत्री तापसी पन्नू र फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपको घर तथा कार्यालयमा छापा मारेको भारतीय आयकर विभागले ६५० करोड भारु अपचलनको आँकडा निकालेको छ। 
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– बलिउड अभिनेत्री तापसी पन्नू र फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपको घर तथा कार्यालयमा छापा मारेको भारतीय आयकर विभागले ६५० करोड भारु अपचलनको आँकडा निकालेको छ। 

National life

बीबीसीका अनुसार फिल्म निर्माता कम्पनी फ्यान्टम फिल्म्ससँग सम्बन्धित एक उजुरीका आधारमा तापसी र अनुरागसहित करिब २० ठाउँमा छापा मारिएको थियो। 

मुम्बईस्थित फ्यान्टम फिल्म्स एन्ड ट्यालेन्ट हन्ट कम्पनीको कार्यालयमा पनि छापा मारिएको छ। यो कम्पनी सन् २०११ मा अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मन्टेना र विकास बहलले स्थापना गरेका थिए।

आयकर अधिकारीहरुले तापसी र अनुरागसँग बयानसमेत लिएको बताइएको छ। आयकर विभागले तापसीका दुई दर्जन आगामी प्रोजेक्टको बारेमा पनि छानबिन गर्नेछ। 
 

प्रकाशित: Mar 05, 2021| 06:49 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्