बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव बालुवाटारमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

विप्लव बालुवाटारमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्। बिहान नवलपरासीबाट गाडीमा हिँडेका उनी केही बेरअघि काठमाडौं आइपुगेका हुन्। 

विप्लव बा १३ च ३१३४ नम्बरको गाडी चढेर बालुवाटार प्रवेश गरेका छन्।  सुरक्षा गस्तीका साथ काठमाडौं आएका उनी सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। 

विप्लवले बालुवाटारमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री एवम् सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापासँग भेट गर्ने कार्यक्रम रहेको उच्च सुरक्षा स्रोतले बतायो। गृहमन्त्री थापा पनि केहीबेर अघि बालुवाटर प्रवेश गरेका छन्।

प्रधानमन्त्री ओली र विप्लवबीच राजनीति घटनाक्रम लगायतका बारेमा छलफल हुनेछ। त्यसपछि उनीहरु राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा एकसाथ सहभागी हुनेछन्। त्यहाँ दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ भने दुवैले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

दुई पक्षबीच बिहीबार सम्पन्न वार्तामा तीनबुँदे सहमति भएको छ। साँझ बसेकाे मन्त्रिपरिषद् सहमति अनुमाेदन गर्दै विप्लवका गतिविधिमाथि लगाएकाे प्रतिबन्ध फुकुवा गरेकाे थियाे। 

वर्तमान सरकारले दुई वर्षअघि विप्वलका गतिविधिमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि भूमिगत भएका विप्लव आजै पहिलोपटक सार्वजनिक भएका हुन्।

प्रकाशित: Mar 05, 2021| 06:23 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।