बुधबार, भदौ १७, २०८३

दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै

दाहाल-नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं - दाहाल-नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै छ । 

बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको सांसद् रामकुमारी झाँक्रीले जानकारी दिइन्। 

बिहीबार दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएकोबारे संघीय संसदको संसद सचिवालयलाई जानकारी गराएको थियो। 

प्रमुख सचेतक देव गुरुङ, नेता सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र सांसद जीवनराम श्रेष्ठले सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर ओलीलाई संसदीय दलको नेताबाट हटाइएको बारे जानकारी गराएका हुन्।

यस्तै उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी, ओली समूहले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराई, सांसद् महेश बस्नेतलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। 

उपनेता नेम्वाङलाई तत्काल पदबाट राजीनामा दिन पनि निर्देशन दिइएको छ।

दाहाल–नेपाल समूहले आफ्नोतर्फबाट पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।

यस्तै ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ। 

प्रकाशित: Mar 05, 2021| 05:33 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।