बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब शान्तिपूर्ण राजनीतिबाहिर कोही रहेन : मन्त्री ज्ञवाली 

अब शान्तिपूर्ण राजनीतिबाहिर कोही रहेन : मन्त्री ज्ञवाली 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्तिपूर्ण राजनीतिभन्दा बाहिर कोही नरहेको बताएका छन्। 
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

कठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्तिपूर्ण राजनीतिभन्दा बाहिर कोही नरहेको बताएका छन्। 

नेत्रविक्रम चन्द विप्लव समूहसँगको सहमतिपछि ज्ञवालीले अब कोही पनि राष्ट्रिय एकता,संविधान र शान्तिपूर्ण राजनीतिबाहिर नरहेको टिप्पणी गरेका हुन्। 

पृथकतावादका पक्षधर सीके राउत र सशस्त्र गतिविधिमा संलग्न विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु महत्त्वपूर्ण उपलब्धि भएको उनले बताएका छन्।

‘पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत हुनु महत्त्वपूर्ण उपलब्धि हुन्,’ ज्ञवालीले ट्विटरमा भनेका छन्,  ‘अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिबाहिर रहेन।’

उनले यो महत्त्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्री ओलीलाई जाने बताएका छन्।

प्रकाशित: Mar 05, 2021| 05:30 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।