बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका एक लाख ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

कर्णालीका एक लाख ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

कर्णाली प्रदेशमा एक लाख ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

सुर्खेत - कर्णाली प्रदेशमा एक लाख ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दोस्रो चरणमा प्रदेशभर कुल एक लाख सात हजार ६६२ जनालाई खोप दिइने छ। जसमध्ये झण्डै एक लाख ज्येष्ठ नागरिक र बाँकी पहिलो चरणको प्राथमिकतामा परेका तर खोप लिन नपाएका नागरिकलाई खोप दिइने छ।

डोल्पामा दुई हजार ५२४ जना, मुगुमा तीन हजार ८१५ जना, हुम्लामा तीन हजार ५०५ जना, जुम्लामा सात हजार ५५८ जना र कालीकोटमा ९ हजार ५०८ जनालाई खोप दिने तयारी गरिएको छ।

त्यस्तै दैलेखमा १७ हजार ७३० जना, जाजरकोमा ११ हजार ८३३ जना, रुकुमपश्चिममा १० हजार ११३ जना, सल्यानमा १६ हजार २०० जना र सुर्खेतमा २४ हजार ९७६ जनालाई खोप दिने तयारी गरिएको निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत वसन्तमान श्रेष्ठले जानकारी दिए। 

पहिलो चरणको खोप अभियानमा कर्णाली प्रदेशमा २६ हजार ९९० जनाले कोरोना खोप लगाएका थिए।

फागुन २३ गतेदेखि देशभर दोस्रो चरणको कोरोना खोप अभियान सुरु हुँदैछ।

दोस्रो चरणकै खोप अभियानमा प्रदेशका मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसद्हरूले पनि खोप लगाउन पाउने छन्। 

स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूले यसअघि नै खोप लगाइसकेका छन्।

पहिलो चरणमा खोपको पहिलो डोज लगाएकालाई भने आउँदो वैशाख ७ गतेदेखि १५ गतेसम्म दोस्रो डोज दिने तयारी छ।

सुर्खेतमा ६० खोप केन्द्र

दोस्रो चरणको खोप अभियानका लागि सुर्खेतमा ६० वटा खोप केन्द्रहरू निर्धारण गरिएको छ। जसका लागि २५६ वटा स्वास्थ्यकर्मी र ६०० बढी स्वयंसेवक खटाइने छ। 

त्यस्तै अभियानमा चारवटा चिकित्सकको टोलीसमेत परिचालन गरिने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए।

सुर्खेतमा २३ गतेदेखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउपालिका र चिंगाड गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ।

त्यस्तै २६ गतेदेखि २८ गतेसम्म चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट र पञ्चपुरी नगरपालिकामा खोप अभियान सञ्चालन हुने छ। 

खोप अभियान सफल बनाउने उद्देश्यले हरेक वडाका स्वास्थ्यचौकी तथा अस्पताललाई खोप केन्द्र तोकिएको छ। 

पहिलो चरणमा सुर्खेतका ७३ प्रतिशत अर्थात् सात हजार ४७५ जनाले मात्रै खोप लगाएका थिए।

प्रकाशित: Mar 05, 2021| 04:39 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।