काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौंतर्फ हिँडेका छन्। नवलपरासीमा सहिद परिवारसँग भेट गरेर उनी काठमाडौंका लागि हिँडेका हुन्।
सरकारसँगको वार्ता र प्रतिबन्ध फुकुवा भएपछि विप्लव पहिलोपटक सार्वजनिक भएका हुन्।
उनले काठमाडौं आउनुअघि सहिद परिवारबाट टीका लगाएको तस्बिर सार्वजनिक भएको छ।
बिहीबार सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएको थियो। दिउँसो २ बजे राष्ट्रियसभा गृहमा हुने विशेष कार्यक्रममा सहभागी हुन विप्लव काठमाडौं आउन लागेका हुन्।
उनलाई ल्याउन लागि सरकारले हेलिकप्टर पठाउने तयारी गरेको थियो। तर, उनले हेलिकप्टरमा नआउने र गाडीबाटै काठमाडौं आउने बताएपछि उनी नवलपरासीबाट गाडीमा काठमाडौं आउन लागेका हुन्।
दिउँसो २ बजे प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।