बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरले तोक्यो १५ केन्द्र

कोरोनाविरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरले तोक्यो १५ केन्द्र

काठमाडौं महानगरपालिकामा फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं – काठमाडौं महानगरपालिकामा फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ।

यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ।

खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ।

वडा छुट्याएर केन्द्र तोकिए पनि परिचय खुल्ने फोटोसहितको परिचयका आधारमा पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने कामपाको भनाइ छ।

खोप केन्द्र तोकिएका अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, मदरल्याण्ड अस्पताल सिनामंगल, काठमाडौं मेडिकल कलेज सिनामंगल, ओम अस्पताल एण्ड रिसर्च सेन्टर, स्तुपा अस्पताल बौद्ध, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल नक्साल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र जनमैत्री अस्पताल बालाजु छन्।

अहिले तोकिएका भन्दा अरू अस्पतालले पनि खोप सञ्चालन गर्न चाहेमा कामपाले समन्वय गरेर त्यस्ता अस्पतालमा पनि केन्द्र सञ्चालन गर्न सकिने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। 

खोप लगाउनुपूर्व कामपाको ३२ वटै वडामा रहेका लाभग्राहीको सङ्ख्या पूर्वानुमान गर्नुपर्ने, सूक्ष्म व्यवस्थापनमा काम गर्नुपर्ने, अशक्त भएका व्यक्तिलाई कसरी खोप दिनेबारे यकिन गर्नुपर्ने, स्वयंसेवकको सङ्ख्या बढाउनुपर्ने, वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि सक्रिय बनाउने प्रवक्ताको भनाइ छ।  

कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले तोकिएका १५ खोप केन्द्रमध्ये गंगालाल हृदय केन्द्र बूढानीलकण्ठ नगरको व्यवस्थापनमा पर्छ। 

बाँकी १४ वटा महानगरको व्यवस्थापन क्षेत्रमा छन्। 

एउटा केन्द्रमा दुईजना खोप लगाइदिने व्यक्ति र ६ स्वयंसेवक खटाउने तयारी छ। 

प्रकाशित: Mar 05, 2021| 03:48 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।