बुधबार, भदौ १७, २०८३

मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयको अवार्ड

मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन्।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं- मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन्। एसिड आक्रमणमा परेकी मुस्कानले एसिड पीडितकै पक्षमा संघर्ष गर्दै आएकी छन्।

हरेक वर्ष विश्‍वभरका साहसी महिलाहरुलाई प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउने मुस्कान पहिलो नेपाली बनेकी छन्।

सन् २००७ बाट सुरु गरिएको यो अवार्डका लागि विश्‍वभर विभिन्‍न मुलुकमा रहेका अमेरिकी दूतावासहरुले उम्मेदवार सिफारिस गर्छन्। यस वर्ष नेपालस्थित अमेरिकी दूतावासको सिफारिसमा परेकी मुस्कानले यो अवार्ड प्राप्त गर्न सफल भएकी हुन्।

काठमाडौंस्थित अमेरिकी दूतावासले मुस्कानले एसिड आक्रमण अन्त्यका लागि गरेको पहल र संघर्षका लागि यो अवार्ड प्रदान गर्न लागिएको जनाएको छ। 

दूतावासले भनेको छ, 'धेरै धेरै बधाई। मुस्कानले अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गर्न लागेको घोषणा गर्दा निकै खुसी लागेको छ। यो अवार्ड एसिड आक्रमण अन्त्यका गर्न उनले गरेको संघर्षका लागि प्राप्त गर्न लागेकी हुन्। उनी यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली र एक उमेरकी महिला हुन्।'

यो पुरस्कार अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच प्रदान गरिने नेपालस्थित अमेरिकाी दूतावासले जनाएको छ।

मुस्कानलाई ०७६ भदौ २० गते बिहान स्कुल जाने क्रममा दुई किशोरले एसिड आक्रमण गरेका थिए। आक्रमणको केही महिनापछि उनले एसिड आक्रमण अन्त्य गर्नुपर्छ भन्‍दै अभियान सुरु गरेकी थिइन्।

अहिले कानुनमा एसिड आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्था गरिएको छ। नयाँ कानुनमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेल सजाय र १० लाख जरिवाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका प्रावधान राखिएको छ।

एसिडको खुला बिक्रीवितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने र पीडितलाई निःशुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने गरी नयाँ कानुन ल्याएको छ।

प्रकाशित: Mar 05, 2021| 02:50 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।