शनिबार, असार २७, २०८३

नेपाली चार फुटबल खेलाडीलाई एन्फाको बिदाइ, आज पाकिस्तान जाँदै

महिला च्याम्पियनसिप खेल्नका लागि पाकिस्तान जाने राष्ट्रिय महिला टिमका चार खेलाडीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बिदाइ गरेको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं – महिला च्याम्पियनसिप खेल्नका लागि पाकिस्तान जाने राष्ट्रिय महिला टिमका चार खेलाडीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बिदाइ गरेको छ।

राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, डिफेन्डर गीता राना, मिडफिल्डर सरु लिम्बू र फरवार्ड अनिता केसीलाई बिहीबार बिदाइ गरेको हो।

उनीहरु आज पाकिस्तान प्रस्थान गर्दैछन्।

नेपाली चारै खेलाडीले त्यहाँ समूह बी मा रहेको मासा युनाइटेड फुटबल क्लबबाट खेल्ने छन्। मार्च ८ बाट अप्रिल ३ सम्म चल्ने प्रतियोगितामा २० टिमको सहभागिता छ।

२० टिमलाई चार समूहमा विभाजन गरी खेलाइने छ। जसमा नेपाली खेलाडी सम्मिलित टिम मासा समूह बी मा छ।

उक्त समूहमा साविक उपविजेता कराँची युनाइटेड, कराँची एफसी, एचईसी र सैलकोट समावेश छन्।

प्रतियोगितामा मासा युनाइटेडले मार्च ९, १६, २० र २३ मा खेल्ने छ। समूह चरणका विजेता र उपविजेता टिम अर्को चरणमा प्रवेश गर्नेछन्।

नेपालमा सम्पन्न राष्ट्रिय महिला फुटबल लिगमा उनीहरु सबैले विभागीय टिम एपीएफबाट खेलेका थिए। जहाँ उनीहरुले अपराजित रहेर उपाधि जितेका थिए।

प्रकाशित: Mar 05, 2021| 02:18 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।